Government of Nepal Logo
Government of Nepal Logo
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलोभर्याङ

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठुलोभर्‍याङ

ठुलोभर्‍याङ, काठमाडौं

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलोभर्याङ

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठुलोभर्‍याङ

ठुलोभर्‍याङ, काठमाडौं

धेरै सोधीएका


ट्रायल परीक्षा कहाँ सञ्चालन हुन्छ?

हाल कार्यालयले गुर्जुधारा स्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ । ट्रायल परीक्षा दिन जानुपर्ने मिति, समय र स्थानबारे कार्यालयको सम्बन्धित सूचना हेर्नुहुन अनुरोध छ ।

 
ट्रायल परीक्षा उत्तिर्ण भएमा त्यस पश्चात् के के गर्नुपर्छ?
ट्रायल परीक्षा उत्तिर्ण भएमा परीक्षार्थीले लिइ आएको प्रवेशपत्रमा तत्कालै केन्द्राध्यक्ष तथा ट्राफिक प्रतिनिधि दुबैले पास जनाई ३ दिन पश्चात् License Fees (राजश्व) तिर्न सूचना दिन्छन् ।  वेवसाईटमा ट्रायल परीक्षाको नतिजा सार्वजनिक भएपश्चात् अनलाईनमै राजश्व भुक्तानी गरी अनलाईन भौचर प्राप्त गर्न सक्नुहुन्छ । राजश्व भुक्तानी गरेपश्चात् तपाईको अभिलेख याताायत व्यवस्था विभागमा स्मार्ट कार्ड प्रिन्टिङको निम्ति सुचिकृत हुन्छ । तपाईको मोवाईलमा विभागबाट कार्ड प्रिन्ट भएको SMS प्राप्त भए पश्चात् कार्ड लिन सक्कल नागरिकता लिएर व्यक्ति स्वयं नै उपस्थित हुनु पर्छ । 
 
नोटः प्रयोगात्मक परीक्षा (ट्रायल) मा उत्तिर्ण भएको बढीमा १२ महिना भित्र राजश्व बुझाइसक्नुपर्छ ।
 

ट्रायल परीक्षा असफल भएमा फेरी कहिले र कतिपटक पुनः परीक्षा दिन पाइन्छ?

असफल भएको मितिले ९० दिन भित्रमा पुनः २ पटक प्रयोगात्मक परीक्षा दिन पाइन्छ । 

नोटः

नयाँ फर्म दर्ता गर्ने दिनहरूः प्रत्येक हप्ताको आइतबार, सोमबार, मंगलबार र बुधबार

पुनः प्रयोगात्मक परीक्षाा (Re-Trial) परीक्षाको लागिः प्रत्येक हप्ताको बिहिबार र शुक्रबार

रिट्रायल परीक्षाको निम्ति Online Form भर्नुपर्दैन, सिधै कार्यालयमा आइ दर्ता गराइ परीक्षा शुल्क भुक्तान गरी प्रवेशपत्र लिनुपर्छ । कुनै विशेष कारणले urgent retrial परीक्षा दिनु पर्ने भएमा कार्यालय प्रमुख समक्ष निवेदन दिई अन्य बारहरुमा रिट्रायलको लागि दर्ता गर्न सकिन्छ ।

 

वर्ग थप सम्बन्धमा

 

पहिलनै प्राप्त लाइसेन्समा अरू वर्ग थप समावेश गर्न के गर्नु पर्छ ?

तपाईसँग पहिले नै लाइसेन्स छ र त्यसमा अरु वर्गहरु पनि थप गर्न चाहनु हुन्छ भने वर्ग थपको निम्ति अनलाईन फाराम भरी उक्त फारामको प्रिन्ट लिएर कार्यालयको २ नं कोठामा स्वास्थ्य परीक्षणको निम्ति आउन सक्नुहुन्छ ।  स्वास्थ्य परीक्षण पश्चात् अनलाईनमै राजश्व भुक्तानी गरेर वा ४ नं कोठामा भौचर जम्मा गरी ३ नं बाट रसिद लिए पश्चात् तपाईको आवेदन सम्पन्न हुन्छ । त्यसपछि कार्यालयले सूचना गरेको दिन प्रयोगात्म परीक्षा दिनुपर्छ ।

 

वर्ग थपको निम्ति अनलाईन आवेदन कहाँ दिने हो?

वर्गथपको आवेदन गर्नको निम्ति https://applydlnew.dotm.gov.np/ मार्फत् Online Form भर्न सक्नुहुन्छ । Online Form को लगइन पेजमा रहेको "अनलाइन आवेदन फाराम भर्ने लगायत अन्य सम्बन्धित विषय सम्बन्धी जानकारीहरु" राम्रोसँग पढेर मात्र लगइन गर्नुहोला । कतिपय विवरणहरु फरक पर्न गएमा फाराम नै रद्द हुने हुँदा कार्यालयबाट सच्याउन मिल्दैन र १५ दिन पछि पुनः फराम भर्नुपर्ने हुन्छ ।

 

अनलाईन फाराम भरेपछि कहिले कार्यालयमा जानुपर्छ?

अनलाईन फाराम भर्दा नै तपाईले कार्यालय Visit Date रोज्‍न सक्नुहुन्छ । उक्त तपाईले रोजेकै मितिमा ढीलोमा २ बजे भित्रमा वर्ग थप दर्ता गर्न कार्यालय आउनु पर्ने हुन्छ । Visit Date मा उपस्थित हुन नसकेमा कार्यालयबाट मिति सार्न नमिल्ने हुँदा १५ दिन पश्चात् फेरी अनलाईन फाराम भर्नुपर्छ । 

 

वर्गथप गर्दा लिखित परीक्षा दिनु पर्छ कि पर्दैन?

पहिले कुनै सवारी चालक अनुमतिपत्र प्राप्त गरिसकेका व्यक्तिहरुले थप सवारीका लागि अनुमतित्र प्राप्त गर्न पुनः लिखित परीक्षा दिनुपर्दैन । तर लिखित परीक्षा दिन नपर्ने वर्गको अनुमतिपत्र प्राप्त गरेको थियो भने चाहीँ वर्ग थप गर्दा लिखित परीक्षा दिनु पर्छ ।

 

वर्गथपको आवेदन सम्पन्न भए पश्चात् कति समयमा ट्रायल परीक्षा हुन्छ ?

कार्यालयको क्षमता एवं आवेदकहरुको चापलाई मध्यनजर गर्दै कतिपय अवस्थामा वर्गथपको राजश्व तिरेको भोलिपल्टै र कतिपय अवस्थामा एक हप्ता सम्मको समय लाग्‍न सक्छ ।

 

अभिलेख सच्याउने सम्बन्धमा

 

सवारी चालक अनुमतिपत्रमा कुनै विवरण गलत भएमा अभिलेख सच्याउनका लागि के गर्नुपर्छ ?

सवारीचालक अनुमतिपत्रमा बाहकको कुनै अभिलेख वा विवरणमा केही छुट भएको वा थप गर्नुपर्ने वा गल्ती भएको भए सवारी चालक अनुमतिपत्र जारी गर्ने सम्बन्धित कार्यालयमा संवन्धित व्यक्ति आफैं उपस्थित भई त्यस्तो सच्याउनुपर्ने व्यहोराको पुष्टयाइ सहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्छ । सम्बन्धित कार्यालयले प्राप्त निवेदन हेरी अभिलेख थप गर्न वा सच्चाउन सकिनेछ ।

 

सवारीचालक अनुमतिपत्रको प्रतिलिपी सम्बन्धमा

 

सवारी चालक अनुमतीपत्र हराएर प्रतिलिपी लिन पर्यो भने के गर्ने ?

आफ्नो सवारी चालक अनुमती पत्र हराएमा आफ्नो बसोबास भएको जिल्ला अथवा स.चा.अ.प. हराएको जिल्ला स्थित ट्राफिक प्रहरी कार्यालयबाट हराएको हो भनी दिएको पत्र प्राप्त गर्ने ।  त्यस पश्चात् देहायको कागजात संलग्न राखी सवारी चालक अनुमतिपत्रको प्रतिलिपीको निम्ति सक्कल नागरिकता लिएर अनुमतिपत्रबहाक स्वयं कार्यालयमा आई निवेदन पेश गर्ने ।

  • काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गिखाना) को सिफारिश पत्र ।
  • नागिरकताको फोटोकपी ।

नोटः अन्य कार्यालयबाट जारी गरिएको सवारीचालक अनुमतिपत्रको प्रतिलिपि लिनको लागि  सम्बन्धित जारी गर्ने कार्यालयमानै निवेदन दिनु पर्छ  ।

 

अन्य के कस्तो अवस्थामा सवारीचालक अनुमतिपत्रको प्रतिलिपी ‍लिन सकिन्छ? 

चालक अनुमतिपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा कुनै कारणबाट नासिएमा प्रतिलिपी लिन सकिन्छ । नियमानुसार चालक अनुमतिपत्र हराएको, च्यातिएको, झुत्रो भई नबुझिने भएको वा कुनै कारणबाट नासिएको सात दिनभित्र चालकले सम्बन्धित यातायात व्यवस्था कार्यालयमा दरखास्त दिनु पर्ने व्यवस्था छ । अनुमतिपत्र हराएकाको हकमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको सिफारिसपत्रसमेत संलग्न गर्नुपर्नेछ ।

 

सवारीचालक अनुमतिपत्रको प्रतिलिपी ‍लिन कति शूल्क लाग्छ?

सवारी चालक अनुमतिपत्रको प्रतिलिपि दस्तुर वापत रु ५००/- तोकिएको छ।

 

सवारीचालक अनुमतिपत्र नविकरण सम्बन्धि

 

सवारी चालक अनुमतिपत्रको नवीकरण कहिले गर्नुपर्छ?

सवारी चालक अनुमतिपत्र (लाईसेन्स) मा नै बहाल अवधि (Expiry Date) लेखिएको हुन्छ । उक्त Expiry Date व्यतित भएको ९० दिन भित्रमा नविकरण गर्नु पर्छ । ९० दिन भित्र पनि नविकरण गरिएन भने जरिवाना लाग्छ ।

 

सवारी चालक अनुमतिपत्र नविकरण गर्न कति दस्तुर लाग्छ?

सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुर देहाय अनुसार तोकिएको छः

  • ठूला सवारीका लागी रु ३०००/-
  • मझौला सवारीका लागी रु २५००/-
  • साना सवारीका लागी रु २०००/-

मोटरसाइकल, स्कुटरका लागी रु १५००/- दस्तुर तोकिएको छ ।

नोटः एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी वर्गका सवारी चलाउने इजाजत पाएको भए सबैभन्दा बढी दस्तुर लाग्ने  वर्गको दस्तुर मात्र लाग्छ ।

 

सवारी चालक अनुमतिपत्र समयमै नवीकरण नगरे के कति जरिवाना लाग्छ ?

सवारी चालक अनुमतिपत्रको वहाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र नवीकरण गरिसक्नुपर्छ । वहाल अवधिपछिको ९० दिन सम्म पनि अनुमतिपत्र नवीकरण नगराएमा बहाल अवधि समाप्त भएको एक वर्षसम्म १००%, दुइ वर्षसम्म २००%, तीन वर्षसम्म ३००%, चार वर्षसम्म ४००% र पाँच वर्षसम्म ५००% थप जरिवाना र दस्तुरसमेत लाग्छ ।

सवारीचालक अनुमतिपत्रको नविकरण पाँच वर्ष लागि कायम रहन्छ । पाँच वर्षम्म पनि नवीकरण नगराएको सवारी चालक अनुमतिपत्र स्वतः रद्द हुन्छ। जरिवाना तिरेर पनि नविकरण गर्न पाइने अवधि समेत व्यतित भैसकेको भएमा त्यस्तो अनुमतिपत्रको नवीकरण गर्न पाइदैन ।

 

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कति उमेर भएको हुनु पर्छ ?

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ५१(क,ख,ग) अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि दरखास्त दिने व्यक्तिको उमेर देहाय बमोजिम भएको हुनुपर्नेछः

(१) ठूलो सवारीको निम्ति : २१ वर्ष उमेर पूरा गरेको

(२) मझौला तथा साना सवारीको निम्ति :  १८ वर्ष उमेर पूरा गरेको

३) कार, जीप र तीन पाङ्ग्रे लगायतको दुइ पाङ्ग्रे सवारीको लागि १६ वर्षउमेर पुगेको 

 

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न स्वास्थ्यका दृष्टिले कस्ता व्यक्ति योग्य हुनेछैनन्ः

(१) छारे रोग भएको वा मानसिक असन्तुलन भएको कारणले सवारी साधन चलाउन असमर्थ भएको,

(ख) आँखाको देख्ने शक्ति कमजोर भइ चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको,

(ग) साधारण ध्वनी, संकेत, आवाज सुन्न नसक्ने,

(घ) रातो, हरियो, पँहेलो इत्यादि रङ्गहरू तुरून्त छुट्याउन नसक्ने दृष्टिदोष भएको,

(ङ) रतनधो भएको व्यक्ति, तर फरक क्षमता भएका व्यक्तिका निम्ति खास किसिमले बनेका सवारीको निमित्त यो खण्डको बन्देज लागु हुनेछैन,

(च) आधारभूत तह उत्तीर्ण नभएको व्यक्ति,

(छ) दफा ६५ बमोजिम चालक अनुमतिपत्र रद्द भएकोमा त्यस्ताे रद्द भएको मितिले पाँच वर्ष अवधि पूरा नभएको व्यक्ति ।

(माथि उल्लेखित स्वास्थ्य सम्बन्धी तन्दुरूस्तीको परीक्षण नेपाल सरकारबाट मान्यताप्राप्त चिकित्सकले परीक्षण गर्नेछन् )


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2081-01-22 12:07:26

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठुलोभर्‍याङ