ठुलोभर्याङ, काठमाडौं
ठुलोभर्याङ, काठमाडौं
सवारी चालक अनुमतिपत्रको नवीकरण कहिले गर्नुपर्छ?
सवारी चालक अनुमतिपत्र (लाईसेन्स) मा नै बहाल अवधि (Expiry Date) लेखिएको हुन्छ । उक्त Expiry Date व्यतित भएको ९० दिन भित्रमा नविकरण गर्नु पर्छ । ९० दिन भित्र पनि नविकरण गरिएन भने जरिवाना लाग्छ ।
सवारी चालक अनुमतिपत्र नविकरण गर्न कति दस्तुर लाग्छ?
सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुर देहाय अनुसार तोकिएको छः
मोटरसाइकल, स्कुटरका लागी रु १५००/- दस्तुर तोकिएको छ ।
नोटः एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी वर्गका सवारी चलाउने इजाजत पाएको भए सबैभन्दा बढी दस्तुर लाग्ने वर्गको दस्तुर मात्र लाग्छ ।
सवारी चालक अनुमतिपत्र समयमै नवीकरण नगरे के कति जरिवाना लाग्छ ?
सवारी चालक अनुमतिपत्रको वहाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र नवीकरण गरिसक्नुपर्छ । वहाल अवधिपछिको ९० दिन सम्म पनि अनुमतिपत्र नवीकरण नगराएमा बहाल अवधि समाप्त भएको एक वर्षसम्म १००%, दुइ वर्षसम्म २००%, तीन वर्षसम्म ३००%, चार वर्षसम्म ४००% र पाँच वर्षसम्म ५००% थप जरिवाना र दस्तुरसमेत लाग्छ ।
सवारीचालक अनुमतिपत्रको नविकरण पाँच वर्ष लागि कायम रहन्छ । पाँच वर्षम्म पनि नवीकरण नगराएको सवारी चालक अनुमतिपत्र स्वतः रद्द हुन्छ। जरिवाना तिरेर पनि नविकरण गर्न पाइने अवधि समेत व्यतित भैसकेको भएमा त्यस्तो अनुमतिपत्रको नवीकरण गर्न पाइदैन ।