Government of Nepal Logo
Government of Nepal Logo
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलोभर्याङ

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठुलोभर्‍याङ

ठुलोभर्‍याङ, काठमाडौं

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलोभर्याङ

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठुलोभर्‍याङ

ठुलोभर्‍याङ, काठमाडौं

वर्ग थप सम्बन्धमा

 

पहिलनै प्राप्त लाइसेन्समा अरू वर्ग थप समावेश गर्न के गर्नु पर्छ ?

तपाईसँग पहिले नै लाइसेन्स छ र त्यसमा अरु वर्गहरु पनि थप गर्न चाहनु हुन्छ भने वर्ग थपको निम्ति अनलाईन फाराम भरी उक्त फारामको प्रिन्ट लिएर कार्यालयको २ नं कोठामा स्वास्थ्य परीक्षणको निम्ति आउन सक्नुहुन्छ ।  स्वास्थ्य परीक्षण पश्चात् अनलाईनमै राजश्व भुक्तानी गरेर वा ४ नं कोठामा भौचर जम्मा गरी ३ नं बाट रसिद लिए पश्चात् तपाईको आवेदन सम्पन्न हुन्छ । त्यसपछि कार्यालयले सूचना गरेको दिन प्रयोगात्म परीक्षा दिनुपर्छ ।

 

वर्ग थपको निम्ति अनलाईन आवेदन कहाँ दिने हो?

वर्गथपको आवेदन गर्नको निम्ति https://applydlnew.dotm.gov.np/ मार्फत् Online Form भर्न सक्नुहुन्छ । Online Form को लगइन पेजमा रहेको "अनलाइन आवेदन फाराम भर्ने लगायत अन्य सम्बन्धित विषय सम्बन्धी जानकारीहरु" राम्रोसँग पढेर मात्र लगइन गर्नुहोला । कतिपय विवरणहरु फरक पर्न गएमा फाराम नै रद्द हुने हुँदा कार्यालयबाट सच्याउन मिल्दैन र १५ दिन पछि पुनः फराम भर्नुपर्ने हुन्छ ।

 

अनलाईन फाराम भरेपछि कहिले कार्यालयमा जानुपर्छ?

अनलाईन फाराम भर्दा नै तपाईले कार्यालय Visit Date रोज्‍न सक्नुहुन्छ । उक्त तपाईले रोजेकै मितिमा ढीलोमा २ बजे भित्रमा वर्ग थप दर्ता गर्न कार्यालय आउनु पर्ने हुन्छ । Visit Date मा उपस्थित हुन नसकेमा कार्यालयबाट मिति सार्न नमिल्ने हुँदा १५ दिन पश्चात् फेरी अनलाईन फाराम भर्नुपर्छ । 

 

वर्गथप गर्दा लिखित परीक्षा दिनु पर्छ कि पर्दैन?

पहिले कुनै सवारी चालक अनुमतिपत्र प्राप्त गरिसकेका व्यक्तिहरुले थप सवारीका लागि अनुमतित्र प्राप्त गर्न पुनः लिखित परीक्षा दिनुपर्दैन । तर लिखित परीक्षा दिन नपर्ने वर्गको अनुमतिपत्र प्राप्त गरेको थियो भने चाहीँ वर्ग थप गर्दा लिखित परीक्षा दिनु पर्छ ।

 

वर्गथपको आवेदन सम्पन्न भए पश्चात् कति समयमा ट्रायल परीक्षा हुन्छ ?

कार्यालयको क्षमता एवं आवेदकहरुको चापलाई मध्यनजर गर्दै कतिपय अवस्थामा वर्गथपको राजश्व तिरेको भोलिपल्टै र कतिपय अवस्थामा एक हप्ता सम्मको समय लाग्‍न सक्छ ।

 


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2081-02-04 10:03:38

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठुलोभर्‍याङ